प्रेस बिगप्ती
होमपेज » प्रेश विज्ञप्ति » प्रेस बिगप्ती

प्रेस बिगप्ती

जननिर्वाचित संसद विघटन गर्नु असंबैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदम र लोकतन्त्र माथि प्रहार भएकोले नेपाली जनसम्पर्क समिति क्यानडाको घोर आपति छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अधिनायबादी चरित्र प्रदर्शन गरी पार्टिको आन्तरिक विवादलाई लिएर मुलुकलाई बन्दी बनाउने दुरप्रयास गरी संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह नगरी सरकार र राष्ट्रपतिबाट भएको असंबैधानिक कदमको संसद विघटन नेपाली जनसम्पर्क्  समिति क्यानडा घोर भर्सना गर्दछ ।

कोरोना कहरबाट देश र जनतालाई मुक्त गर्नुको साटो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावबमोजिम नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ र संसदीय अभ्यासलाई मध्यनजर गर्दै संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने गरी  संसद विघठन गरी निंरकुश चरित्र प्रर्दशन गर्नु लज्जाबोध भएकोले यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गर्दै  संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह साथै नेपालको लोकतन्त्रको रक्षाका लागि सबैले खबरदारी गराउन सम्पूर्णमा आग्रह गर्दछौ  ।

बुद्दी प्रकाश ओली
सभापती
नेपाली जनसंपर्क समिती क्यानाडा 

All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada