नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभा
होमपेज » ग्यालरी » नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभा

नेपाली जनसम्पर्क समिति क्यानडाले नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खडकाप्रति श्रद्धान्जली व्यक्त गर्न श्रद्धान्जली सभाको आयोजना गरेको छ ।नवौ पुण्य तिथिमा क्यानडाको ब्राम्टनमा शनिवार सम्पन्न श्रद्धान्जली सभामा प्रमुख अतिथी नर बहादुर टण्डनले स्वर्गीय नेता खड्काले नेपालको विकासका लागी गरेको योगदानका बारेमा चर्चा गर्नुभयो । नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रकास ओलीको सभापतित्वमा सम्पन्न श्रद्धान्जली सभामा नेपाली जनसम्पर्क समिति क्यानडाका पुर्व उपसभापति एवं गरिवसंग विश्वेश्वर कार्यक्रम नवलपरासीका पुर्व अध्यक्ष भाष्कर रेग्मीले स्वर्गीय खड्काको प्रभावशाली नेतृत्व क्षमता र कार्यकर्ताको संरक्षणमा उहाँको योगदानको स्मरण गर्नुभयो । त्यस्तै नेपाली जनसम्पर्क समिति, व्राम्टन च्याप्टरका समापति यादव सापकोटाले स्वर्गीय खडका नेपाली कांग्रेसका कार्यकर्ताविच निकै लोकप्रीय नेताको स्थापित भएको भन्दै क्यानडामा पनि प्रजातान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसक सक्रिय कार्यकर्ता विद्याभुषण कार्कीले विभिन्न शक्तिकेन्द्रमा उहाँलाई भ्रष्टाचारको आरोपमा फसाइएका र त्यसका कारण स्वर्गी खड्काले नेपाली कांग्रेसको संगठन निर्माण र विकास निर्माणमा गरेको योगदानलाई छायाँमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति क्यानडाको सदस्यता वितरण समितिका सदस्य निरन्जन थापाले स्वर्गिय खड्काको जिवनी बारे बताउनुभयो । स्वर्गीय खड्कासंग निकट रहेर लामो समय काम गरेका थापाले उहाँको प्रजातन्त्र प्राप्ती र विकास निर्माणमा उहाँले गरेको योगदानलाई नेपाल र नेपालीले उच्च मुल्याँकन गर्ने बताउनुभयो । कार्यक्रममा अग्रज लेखनाथ तिमिल्सेना, एनआरएनएको पर्यटन समितिका सदस्य अन्जनी भट्टराई, एनआरएनए पिएचए समितिको फण्डरेइजिड कोर्डिनेटर तुला भट्चन, एनआरएनए खेलकुद समितिका सदस्य गिरी बुढाथोकि लगायतले स्वर्गीय खड्काप्रति शव्द श्रद्धान्जली व्यक्त गर्दै उहाँको विभिन्न आयाम बारे बोल्नुभएको थियो । नेपाली जनसम्पर्क समितिका सहसचिव सुरेश रजौरेले स्वागत गरेको श्रद्धान्जली सभाको समापन गर्दै नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धीप्रकास ओलीले स्वर्गीय खड्काको सामिप्यतामा उहाँ क्षेत्रबाट आफुले राजनिति शुरु गर्दाका क्षणहरु स्मरण गर्नुभयो । उहाँले स्वर्गीय खड्काकौ प्रेरणाबाट आफु राजनितिमा लागेको बताउँदै उहाँको नेतृत्व कौषलताको अमिट छाप आफ्नो हृदयमा सधैँ रहिरहने बताउनुभयो । उहाँले नेपाली जनसमपर्क समिति क्यानडालाई बृहद र व्यापक गराउन आफु र आफ्नो नेतृत्वमा रहेको जनसम्पर्क समितिले हदै सम्मको लचकता अपनाउने बताउनुभयो ।

All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada