प्रेस विज्ञप्ती
होमपेज » प्रेश विज्ञप्ति » प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती

क्यानडाबासी दाजुभाई तथा दिदिबहिनीहरु एवं पत्रकार साथीहरु

नेपाली जनसम्पर्क समिति क्यानडाले दोस्रो अधिबेशनको तयारी स्वरुप हामीलाई सदस्यता वितरण गर्ने जिम्मेवारी दिएको ४ महिना पुगीसकेको छ । कार्यसमितिले दिएको ३ महिने म्यादमा लक्ष अनुरुप काम पुरा गर्न सकिएन त्यसैले २ महिना म्याद थप गर्न अनुरोध गर्यौ कार्यसमितिले पनि हाम्रो अनुरोधलाई सान्दर्भिक ठानी म्याद थप गर्ने निर्णय गरेको छ । त्यसका लागी जनसम्पर्क समिति क्यानडालाई धन्यबाद दिन चाहन्छौ ।

> जनसम्पर्क समिति क्यानडाको अधिबेशनका लागी भइरहेको उत्साहपुर्ण सहभागिताले हामीलाई सदस्यता वितरणमा थप हौसला मिलेको छ । सदस्यता वितरण समितिलाई दिएको जिम्मेवारी र दायराभित्र रहि हामीले हालसम्म सम्पन्न गरेका कामलाई दोश्रो प्रगतिविवरणको रुपमा प्रस्तुत गर्न गइरहेका छौं


> सदस्यता वितरण समितिको मास्टर रेकर्ड अनुसार हाल सम्म ४ सय ४ जनाले दोस्रो अधिबेशनका लागी नेपाली जनसम्पर्क समिति क्यानडाको सदस्यता लिनुभएको छ । जसमध्ये टोरोन्टो १२१, व्राम्टन १३५, मिसिसागा ८५, स्यास्काच्युन १०, एडमन्टन १२, अटोवा १३, नर्दन अन्टेरीयो ९, बेरी ६, गुयल्फ ५, म्यानिटोवा ३, लन्टन २, क्युवेक ३ रहेका छन् । क्यालगरी र अन्य शहरहरुमा पनि सदस्यता वितरण भइरहेको छ । 


> सदस्यताको बर्गिकरणका हिसावले ५७ जनाले क्रियासिल सदस्यता लिनुभएको ३४७ जनाले साधारण सदस्यता लिनुभएको छ 


> सदस्यता वितरण अहोरात्र खटिनुहुने सदस्यता वितरण समितिका सवै सदस्यहरु धन्यबादका पात्र हुनुहुन्छ । सदस्यता वितरण समितिमा नरहेर पनि सदस्यता वितरणमा सक्रियताका साथ सहयोग गर्नुहुने जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धीप्रकास ओली लाई विशेष धन्यबाद दिन चाहन्छौं । त्यस्तै सदस्यता वितरणमा सहयोग गर्नुहुने राजु थापा, रिषिकेश घिमिरे, लेखनाथ तिमिल्सेना, रामकृष्ण पौडेल, राजन छतकुली, उज्ज्वल गौतम धन्यबादका पात्र हुनुहुन्छ ।


> जनसम्पर्क समिति क्यानडाले थप गरेको म्याद यहि मे मसान्तमा समाप्त हुनेछ । त्यसैले सदस्यता लिन छुट्नुभएका सवै प्रजातन्त्रप्रति आस्थावान साथीहरुलाई सदस्यता समितिका सदस्य तथा नेपाली जनसम्पर्क समितिको कार्यसमितिका साथीहरुसंग समन्वय गरि सदस्यता लिनुहुन अनुरोध गरिन्छ । 


जय नेपाल
शुरेन्द्र खड्का
संयोजक, सदस्यता वितरण समिति
नेपाली जनसम्पर्क समिति क्यानडा
अशोक यादब
सदस्य सचिव, सदस्यता वितरण समिति
नेपाली जनसम्पर्क समिति क्यानडा

All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada