प्रजातान्त्रीक विचारधारा बोक्ने साथीहरुलाई एकताबद्ध गर्दै क्यानडामा रहेको नेपाली समाज र नेपालको हितमा सकारात्मक कार्य गर्ने उद्धेस्यका साथ मेरो नेतृत्वमा नेपाली जनसम्पर्क समिति क्यानाडाको सस्थापक समेत रही २०१३ मा गठन भै नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट आबद्ता पाइ २०१४ मा कर्पोरेट क्यानाडामा आधिकारिक् रुपमा नेपाली जनसम्पर्क् समितिको क्यानाडाको नाममा दर्ता भै हामीलाई प्रमाण पत्र समेत् प्राप्त भै प्रथम अधिबेसन तत्कालिन जनसम्पर्क् समवन्ने बिभाग प्रमुख तथा माननिय अर्जुन प्रसाद जोशी को उपस्थित मा प्रथम अधिबेसन सम्पन्न र दोर्सो अधिबेशन पूर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी बाट नेपाली कांग्रेसले अवलम्वन गरेको लोकतान्त्रिक समाजबादको विचारसंग निकट साथीहरुको संगठित स्वरुप नभएको तत्कालिन अवस्थामा नेपाली जनसम्पर्क समिति स्थापना गरि विपिले प्रतिपादन गरेको समाजबादी विचारको दियो बाल्ने कार्यको नेतृत्व गर्न पाउनु मेरो लागी एक ऐतिहाँसिक कार्य हो । क्यानडामा भर्खर आप्रबासीको रुपमा रहदै गर्दा सवैका आफ्नै समस्याहरु थिए । ति समस्याका बाबजुत पनि संस्थापक साथीहरुको निरन्तरको सहयोग, सल्लाह र सहकार्यले नेपाली जनसम्पर्क समितिलाई क्यानडामा सवल र मजबुद संगठनको रुपमा स्थापित गर्न सफल भएका हौँ ।
स्वच्छ भाव र विचारले स्थापना गरिएको संस्थालाई संचालनको प्रकृयामा असहमति जनाउँदै केहि साथीहरुले हुर्कँदै गरेको विरुवाको जरो उखेल्न निरन्तर उद्दत रहनुभयो । सत्य र यर्थार्थलाई आत्मसाथ नगरि झुट र भ्रमको खेतिले दिगो समाधान दिँदैन भन्ने कुरा आज समयले प्रमाणित गरिसकेको छ ।
विभिन्न आरोह अवरोह पार गर्दै करिव ८ बर्ष तेर्सो कार्यकाल मेरो नेतृत्मा हुर्केको जनसम्पर्क समिति क्यानडाका हरेक प्रोभिन्समा पुगेको छ । क्यानडाका सवै क्षेत्रबाट प्रतिनिधित्व हुने गरि विशाल एवं एैतिहाँसिक तेर्सो अधिबेशनको तयारी गरिरहेको अवस्थामा देख्न पाउँदा त्यसको एक मुख्य नेतृत्वकर्ताको हैसियतमा गर्भ लागेको छ ।
क्यानडामा हरेक नयाँ आप्रबासीका आफ्नै सिमाहरु छन् । सवै प्रजातान्त्रीक विचार बोक्ने साथीहरुको चाहना पुरा गर्न सकेनौ होला तर सिमित समय, साधन र श्रोतका बाबजुत पनि संस्थालाई जोगाएर प्रजातान्त्रिक विचार बोक्ने धेरै साथीहरुको साझा चौतारी निर्माण गर्न सफल भएका छौं । विपिको प्रजातान्त्रिक समाजबाद र क्यानडाको विकसित प्रजातान्त्रिक अभ्यासबाट सिक्दै भोलिका दिनमा अझै सबल, सक्षम र आधुनिक प्रजातन्त्रको धरोहरको नेपाली जनसम्पर्क समिति क्यानडालाई स्थापित गर्न सफल होआँै भन्ने कामना व्यक्त गर्न चाहन्छु ।
जय नेपाल
बुद्धी प्रकाश ओली
सभापति
नेपाली जनसम्पर्क समिति
क्यानडा ।