कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य केसीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण
होमपेज » ग्यालरी » कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य केसीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण

नेपाली जन सक्पर्क समिति क्यानाडाद्वारा प्रतिष्ठित ब्यवसायिक व्यक्तित्व, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको असामयिक दुखद निधन प्रती गहिरो दु:ख व्यक्त गर्दछौ ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य,सांसद,उद्योग व्यवसायी एवं समाजसेवी सुर्य बहादुर केसीको असामयिक निधनको खवरले नेपाली जन सम्पर्क समिति क्यानाडा स्तम्भ भएको छ।

स्वर्गीय केसीको निधनले नेपाली काँग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको महशुस भएको छ। दुखको यस घडीमा उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

नेपाली जन सम्पर्क समिति क्यानाडा

 

All Rights Reserved © 2018, Nepalese People Coordination Comittee - NPCC Canada